हतियार प्रहार गरि आमाछोरीको हत्या

Newslaya Home

हतियार प्रहार गरि आमाछोरीको हत्या

शनिबार २५, असोज २०७६

उदयपुर । उदयपुरको चौकिबारी स्थित धारिलो हतियार प्रहार गरि आमाछोरीको हत्या भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–९ चौकिबारीमा एकै परिवारका आमाछोरीको हत्या भएको हो । शुक्रबार चौकीबारी घर भएका ३० वर्षीया आमा सारदाकुमारी चौधरी र ९ वर्षीया उहाँकी छोरी रचना चौधरीको घाँटी रेटिएको अवस्थामा शव भेटिएको थियो ।

घटनाको बारेमा अहिलेसम्म केही खुल्न नसकेकाले अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुर ल्याएर हत्यामा संलग्नलाई खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।