धरानको मेयरमा कांग्रेसबाट तिलक राईको उम्मेदवार

Newslaya Home

धरानको मेयरमा कांग्रेसबाट तिलक राईको उम्मेदवार

शनिबार २५, असोज २०७६

धरान । आगामी मंसिर १४ गते धरानमा हुन लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसबाट तिलक राईले उम्मेदवार दिने भएका छन् ।

शुक्रबार कांग्रेस उपमहानगर कमिटिको पुर्ण बैठकले नगरसभापति तिलक राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । यसअघि, मेयरको उम्मेदवारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र गोले तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राई पनि आकांक्षी थिए । तर, निरन्तरको छलफल पश्चात कांग्रेसले सर्वसम्मत निर्णय गर्न सफल भएको हो ।

सभापति राई यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट उम्मेदवार थिए । उक्त निर्वाचनमा उनी तत्कालिन एमालेका उम्मेदवार तारा सुब्बासँग पराजित भएका थिए । निर्वाचित भएर पदभार ग्रहण गरेको एक बर्षपछि मेयर सुब्बाको निधन भएपछि धरानमा मेयर पद रिक्त छ । उपमेयर मञ्जु भण्डारी सुवेदीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हालिरहेकी छन् ।