मुकेश अम्बानी बने भारतको सबैभन्दा धनी व्यक्ति

Newslaya Home

मुकेश अम्बानी बने भारतको सबैभन्दा धनी व्यक्ति

शनिबार २५, असोज २०७६

नयाँ दिल्ली । मुकेश अम्बानी लगातार १२ वर्ष भारतको सबैभन्दा धनी व्यक्तिको सूचीमा रहन सफल भएका छन् । उनले यस वर्ष आफ्नो सम्पत्तिमा ४.१ अर्ब डलर जोडेका छन् ।

फोर्बस् म्यागाजिनका अनुसार उनको टेलिकम सम्बन्धि रिलायन्स इन्डष्ट्रिज भारतको सबैभन्दा बढी प्रयोग हुने मोबाइल सेवा हो ।

पूर्वाधार क्षेत्रका टाइकुन गौतम अडानी आठ स्थान माथि उक्लँदै दोस्रो स्थानमा पुगेका छन् । बैंकर उदय कोटक, एडटेक युनिकर्नका विजु रवीन्द्रन, हल्दिरामका मनोहरलाल र मधुसुदन अगरवाल, बाथरुम फिटिङका जकुर ब्रान्डका राजेश मेहरा, अल्किम ल्याबरोटरिजका सम्प्रदा सिंह दश सर्वाधिक धनीमध्येमा परेका छन् ।