आधा घट्यो आचार्य बालकृष्णको सम्पत्ति, यस्तो छ कारण

Newslaya Home

आधा घट्यो आचार्य बालकृष्णको सम्पत्ति, यस्तो छ कारण

शनिबार २५, असोज २०७६

काठमाडौं । नेपालमा जन्मिएका पतञ्जली आयुर्वेदका प्रमुख आचार्य बालकृष्णको सम्पत्ति आधा घटेको छ ।

फोर्बस् म्यागाजिनले २४ असोजमा जनाए अनुसार सन् २०१७ मा २.५ अर्ब डलर कुल सम्पत्ति रहेकामा सन् २०१९ मा १.४ अर्ब डलरमा सिमित भएको छ । यद्यपि उनी भारतको सर्वाधिक सय धनीको सूचिभित्र परेका छन् ।

फोर्बस् म्यागाजिनका अनुसार पतञ्जली आयुर्वेदको उत्पादन बिक्री घटेकाले सम्पत्ति पनि घटेको हो । आचार्यले पतञ्जलीको सम्पत्तिमा ९८(५ प्रतिशत हिस्सा राख्छन् ।

सम्पत्ति ह्वात्तै घटेपनि ४७ वर्षीय आचार्य भारतको ९७ औं धनीको सूचीमा परेका छन् । भारतको नागरिकता लिएका उनी अविवाहित छन् ।