चीनमा ९५ प्रतिशत मानिस गरिब

Newslaya Home

चीनमा ९५ प्रतिशत मानिस गरिब

शनिबार २५, असोज २०७६

काठमाडौं । चीनमा ९५ प्रतिशत मानिस गरिब छन् । उनीहरुलाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार बताएका छन् ।

गरीबी निवारण तथा विकासका लागि राज्य परिषद् नेतृत्व समूहका निर्देशक लिउ योङ्फुले भने, ‘चीनका ९० प्रतिशतभन्दा बढी गरीब काउन्टी (इलाकां)को गरीबी यस बर्षभित्र अन्त्य गरिने योजना चीनको छ । राज्यका विभिन्न निकायहरूले यस योजनालाई साकाररूप दिन युद्धस्तरमा काम गरिरहेको छ ।’

चीनले विगत केही दशकमा गरिबीविरूद्धको लडाईमा ऐतिहासिक सफलता पाएको छ । यसैकारणगरिबी नियन्त्रणका लागि चीनलाई विश्वकै नमूनाका रूपमा विश्वले हेर्ने गरेको छ ।

चीनको सरकारी तथ्याङ्क अनुसार सन् २०१८ मा ग्रामिण क्षेत्रमा वसोबास गर्ने एक करोड ३८ लाख ६० हजार जनसङ्ख्या गरीबीबाट बाहिर आएको देखाएको छ ।

सन् २०१२ मा गरीबीको रेखामूनि रहेको चिनियाँ जनसङ्ख्या नौ करोड ८९ लाख ९० हजार रहेकोमा सन् २०१८ को अन्त्यसम्ममा यो सङ्ख्या एक करोड ६० लाख ६० हजारमा झरेको छ ।

चीनका राष्ट्रपति सी जिन पिङले सन् २०२२ सम्ममा चीनबाट गरीबीलाई पूर्णरूपमा अन्त्य गर्ने घोषणा अनुसार चीनले यहाँको गरीबीलाई निरन्तर तथा युद्धस्तरमा घटाउँदै गएको छ ।