चिनियाँ राष्ट्रपति आज नेपाल आउँदै

Newslaya Home

चिनियाँ राष्ट्रपति आज नेपाल आउँदै

शनिबार २५, असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि शनिबार (आज) नेपाल आउँदै छन् । हाल भारतमा रहेका राष्ट्रपति सी शनिबार बेलुका ५ बजे काठमाडौँ आइपुग्ने छन् । उनी आइतबार स्वदेश फर्किने छन् ।

२३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको हो । सी को भ्रमणलाई सरकारले अत्याधिक महत्व दिँदै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।