रोनाल्डोले गरे ७०० गोल

Newslaya Home

रोनाल्डोले गरे ७०० गोल

शनिबार २५, असोज २०७६

काठमाडौं । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफ्नो खेल जिवनमा ७०० गोल पुरा गरेका छन् ।

युरोकप छनोटअन्तर्गत् समूह ‘बी’को खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ३–० ले हराउँदा युक्रेनले लिथुआनियामाथि २–० को जित निकालेको छ । पोर्चुगलको जितमा एक गोल गरेका रोनाल्डोले देश र क्लबका लागि आफ्नो करियरमा गरेको गोल संख्या ७०० पुर्‍याएका हुन् ।

रोनाल्डोले हालसम्म पोर्चुगलका लागि ९५ गोल गरेका छन् । यस्तै युभेन्टस, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड तथा स्पोर्टिङ्ग लिस्बोन गरी क्लब खेलमा ६०५ गोल गरेका छन् ।

हालसम्म जोसेफ बिक्यान (८०५), रोमारिओ (७७२), पेले (७६७), फेरिन्क पुस्कास (७४६) तथा जेर्ड मुलर (७३५) गोल गरेका छन् । सोही सूचिमा रोनाल्डो पनि पर्न सफल भएका हुन् ।

युरोकप फुटबल छनोटकै अर्को खेलमा फ्रान्सले आइसल्यान्डलाई १–० ले हराउँदा टर्कीले अल्बानिया तथा एन्डोराले माल्दोभालाई समान १–० गोलको अन्तरमा हराएका छन् ।