आइसीसीको बरियतामा सन्दीप, करण र अविनाश पहिलो पटक परे

Newslaya Home

आइसीसीको बरियतामा सन्दीप, करण र अविनाश पहिलो पटक परे

शुक्रबार २४, असोज २०७६

ऐजेन्सी । टी २० वरीयतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले सार्वजनिक गरेको वरियतामा सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा परेका हुन् ।

बलिङतर्फ ६४औँ स्थानमा सन्दीप छन् । उनले ४२२ रेटिङ अङ्क पाएका छन् । यस्तै ३७७ रेटिङ अङ्क पाएका करण ८३ औँ स्थानमा छन् भने ३५२ रेटिङ अङ्क पाएका अविनाश १०० औँ स्थानमा छन् ।

सोमपाल ४०८ रेटिङ अङ्कसहित ६८ औँ स्थानमा छन् । ३८६ रेटिङ अङ्क पाएका वसन्त ९० औँ स्थानमा झरेका छन् । टी ट्वान्टीको अलराउन्डर वरीयतातर्फ कप्तान पारस २४ औँ स्थानमा उक्लिएका छन् । कप्तान खड्काले १०८ रेटिङ अङ्क पाएका छन् ।

अलराउन्डरतर्फ ५९ रेटिङ अङ्क पाएका नेपालका सोमपाल कामी ६२ औँ स्थानमा यथावत् रहेका छन् । अलराउन्डतर्फ करण ४२ रेटिङ अङ्कसहित ८२औँ स्थानमा छन् ।

ब्याटिङतर्फ कप्तान खड्का ४५ औँ स्थानमा उक्लिएका छन् । ४६६ रेटिङ अङ्क पाएका कप्तान पारस अघिल्लो पटक ६६ औँ स्थानमा रहेका थिए ।