इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

Newslaya Home

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

शुक्रबार २४, असोज २०७६

ऐजेन्सी । इथियोपियाका प्रधानमन्त्रीले यो वर्षको नोबेल शान्ति पुरस्कार जितेका छन् । स्वीडिस एकेडेमीले सन् २०१९ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा शुक्रबार गरेको हो ।

इथियोपियाका प्रधानमन्त्री एबी अहमदलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको स्वीडिस एकेडेमीले उल्लेख गरेको छ।

इथियोपिया र एरिट्रेयाबीच गएको वर्ष शान्ति सम्झौता भएको थियो। यो शान्ति सम्झौताले २० वर्ष लामो सैन्य हिंसा अन्त्य गरेको थियो।

पुरस्कार बापतको ७ लाख ३० हजार पाउण्ड स्ट्रलिङ्ग उनलाई आउँदो डिसेम्बरमा ओस्लोमा हुने विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिने छ।

नोबेल शान्ति पुरस्कार जित्ने एबी अहमद १०० औँ व्यक्ति हुन् । यो अवधिमा नोबेल शान्ति पुरस्कारका लागि २ सय २३ व्यक्ति र ७८ संस्था गरेर ३०१ जना तथा संस्थालाई मनोनित गरिएको छ ।

यो वर्षको पुरस्कार जितेका एबी सन् २०१८ को अप्रिलमा इथियोपियाका प्रधानमन्त्री बनेका हुन् । उनले हजारौँ विपक्षी अधिकारवादीलाई जेलबाट रिहा गरेका थिए ।