गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार

Newslaya Home

गोली हानी श्रीमती र छोरीको हत्या, छोरामाथि खुकुरी प्रहार

शुक्रबार २४, असोज २०७६

सिन्धुली । सिन्धुलीको गोलान्चोर गाउँपालिका ६ टेक बहादुर मसर्याङले गोली हानेर आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन् । छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

मदिरा सेवन गरेर घर गएका टेक बहादुरले बिहीबार राति ११ बजेतिर सुतीरहेकी श्रीमती किरण र छोरी प्रियंसुको गोली हानी हत्या गरेका हुन् ।

मसर्याङले छोरा कृष्णलाई खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

टेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।