सीको स्वागतका लागि तरकारी र फलफूलबाट बनाइयो स्वागतद्वार

Newslaya Home

सीको स्वागतका लागि तरकारी र फलफूलबाट बनाइयो स्वागतद्वार

शुक्रबार २४, असोज २०७६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनपिङलाई स्वागत गर्न भारतमा तरकारी र फलफूलबाट स्वागतद्वार बनाइएको छ ।

तामिलनाडुको बागवानीले सीको स्वागतका लागि तरकारी र फलफूलले बनेको विशेष प्रकारको गेट नै निर्माण गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार करिब २०० कर्मचारीले १० घन्टा लगाएर फलफूल र तरकारीले बनेको गेट निर्माण गरेका हुन् ।

जहाँ १८ किसिमको फलपूलको प्रयोग गरिएको छ ।

चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ ।

सीको स्वागतका लागि भारतमा पनि भव्य तयारी गरिएको छ । ठाउँठाउँमा पार्कहरु निर्माण गरिएका छन् ।