सिन्धुपाल्चोकमा बस दुर्घटना : ६ जनाको ज्यान गयो, २३ जना घाइतेलाई काठमाडौ ल्याइयो

Newslaya Home

सिन्धुपाल्चोकमा बस दुर्घटना : ६ जनाको ज्यान गयो, २३ जना घाइतेलाई काठमाडौ ल्याइयो

शुक्रबार २४, असोज २०७६

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १० मा भएको बस दुर्घटनाका ६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । घाइते २३ जनालाई काठमाडौ ल्याइएको छ ।

सेनाको एम आई १७ हेलिकोप्टरबाट १३ जना र निजी क्षेत्रका अर्को एक हेलिकोप्टरमार्फत् १० जनालाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान १० बजे सिपाघाट हुँदै काठमाडौँतर्फ आइरहेको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । ४० जनाभन्दा बढी घाइते भएका छन् ।

मृतकको संख्या ११ पुगेको स्थानीय बासिन्दाले बताए पनि प्रहरीले औपचारिक रुपमा पुष्टि गरेको छैन । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस भीरबाट खसेको अनुमान प्रहरीले गरेको छ ।