औषधि नपाएपछी धामीझाँक्रीको भर

Newslaya Home

औषधि नपाएपछी धामीझाँक्रीको भर

शुक्रबार २४, असोज २०७६

काठमाडौं । भेनेजुएलामा लामो समयदेखि औषधिको अभाव भएपछि मानिसहरू धामीझाँक्रीको भर पर्न बाध्य बनेका छन् ।

धामीझाँक्रीको उपचारका कारण मर्ने स्थितिमा पुगेका छन् ।  भेनेजुएलामा चरम आर्थिक संकटका कारण औषधिको अभाव देखिएको छ ।

औषधि विक्रेताहरूको संघले औषधि पसल र अस्पतालमा चाहिने औषधिको २० प्रतिशत मात्र रहेको जनाएको छ । लगभग ३० हजार मानिस लामो समयदेखि बिरामी भएर उपचार गराइरहेका छन् तर औषधिको अभावका कारण उनीहरू मर्ने स्थितिमा छन् । 

भेनेजुएलाका पेटारे जस्तो गरीब क्षेत्रमा रोगीहरूले औषधिको चर्को मूल्य तिर्न नसक्ने स्थिति छ ।

त्यसैले उनीहरू वैकल्पिक उपचारको खोजीमा छन् ।  पेटारेमा अहिले धामीझाँक्रीहरूको व्यापार चम्केको छ ।