भालुको रिसले प्रहरीमाथि ढुंगामुढा

Newslaya Home

भालुको रिसले प्रहरीमाथि ढुंगामुढा

शुक्रबार २४, असोज २०७६

जुम्ला । जुम्लामा भालुको रिसले स्थानियले प्रहरीमाथी ढुङ्गामुढा गरेका छन् ।

भालु नमारेको भन्दै आक्रमण गरेका छन् । जंगली भालुले आक्रमण गर्दा स्थानीय पाँचजना घाइते भएका थिए ।

पटक पटक आक्रमण गर्ने भालु मार्न चासो नदेखाएको भन्दै स्थानीय प्रहरीमाथी जाइलागेका हुन् ।

आक्रोशित स्थानीयले ढुंगामुढा गरी सुरक्षाकर्मीको भ्यानमा समेत क्षति पुर्‍याएका छन्। स्थानीयको ढंगामुडाबाट एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन् ।

पाँचजना प्रहरी कार्यारत रहेको चौकीमा स्थानयीले आक्रमाण गरेपछि हवाइ फायर गरी स्थिति नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।

भालुको आक्रमणबाट ३८ वर्षीय खगेन्द्र अधिकारी, २४ वर्षीया वसन्ती भण्डारी, मानबहादुर भण्डारी, इश्वर बुढा र कालु परियार घाइते भएका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

भालुलाई नियन्त्रमा लिए वन डिभिजन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रिजालले बताए।