युवती जिस्काएको आरोपमा भोजपुरमा अन्दाधुन्द खुर्पा प्रहार, पाँच घाइते

Newslaya Home

युवती जिस्काएको आरोपमा भोजपुरमा अन्दाधुन्द खुर्पा प्रहार, पाँच घाइते

शुक्रबार २४, असोज २०७६

भोजपुर । भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् ।

स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गर्दा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय बलराम पाठक र शुभन सुन्दास घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

सख्त घाइते दुई जनालाई उपचारका लागि सुनसरीको धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान र अर्का एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।