टी २० मा नेपालको अहिलेसम्मकै दोस्रो खराब प्रदर्शनी

Newslaya Home

टी २० मा नेपालको अहिलेसम्मकै दोस्रो खराब प्रदर्शनी

बिहीबार २३, असोज २०७६

काठमाडौ । टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले इतिहासकै दोस्रो खराब ब्याटिङ गरेको छ ।

ओमानमा भइरहेको पाँच देशको टी २० श्रृंखलाको अन्तिम खेलमा नेपाल ११ ओभरमा ६४ रनमै अलआउट भएको हो । यो स्कोर नेपालको टी–२० अन्तर्राष्ट्रियमा दोस्रो कम स्कोर हो ।

नेपालको सबैभन्दा कम स्कोर भने २०१५ मा आयरल्याण्डसँगको ५३ रन हो ।

त्यतिबेला नेपाल १४.३ ओभरमा अलआउट भएको थियो ।

बिहीबार ओमानविरुद्ध आरिफ शेखले २० रन र दीपेन्द्रसिंह ऐरीले ११ रन जोडे । त्यसअघि ओपनर इशान पाण्डे २ रन र कप्तान पारस खड्का ५ रनमा आउट भएका थिए ।

बलिङमा ओमानका अमिर खलिमले ५ विकेट लिए ।

सिरिजको सुरुवाती २ खेलमा जित हात पारेको नेपाल अघिल्लो खेलमा आयरल्यान्डसँग हारेको थियो । कुवेतलाई फराकिलो अन्तरले हराए मात्र नेपालले सिरिज जित्ने सम्भावना हुनेछ।