इटहरीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

Newslaya Home

इटहरीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

बिहीबार २३, असोज २०७६

इटहरी । इलाम र सुनसरीमा लडेर दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी–९ का ४५ बर्षीय कृष्ण कुमार चौधरीको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ।

बिहीबार बिहान आफ्नै तीन तले घरको छतबाट लडेका चौधरीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यस्तै इलामको फाकफोकथुम गाउँपालिका–६ सिमसारा बस्ने ४४ वर्षीया सरिता राईको बारीको कान्लाबाट लडेर मृत्यु भएको हो।

राईको बुधबार राति घर नजिकै बारीको कान्लाबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ । प्रहरी टोलीले राईलाई मृत अवस्थामा फेला पारेको थियो।

मृतक राईको कानुनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल इलाम पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।