चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पोष्टर च्यात्ने दुई जना पक्राउ

Newslaya Home

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पोष्टर च्यात्ने दुई जना पक्राउ

बिहीबार २३, असोज २०७६

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा टाँसिएको पोष्टर च्यात्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुरका गोपाल सार्की र रौटहटका राजकुमार यादव रहेका छन् । तीनकुनेको पुलमा राखिएका पोष्टर च्यातेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

मापसे गरेर गोपाल सार्कीले राष्ट्रपति सीको नेपाल भ्रमणमा स्वागतको लागि सडक छेउमा राखिएको पोष्टर च्यातेका हुन् । मापसे गरेर सार्कीले च्यातेको त्यही पोष्टर राजकुमारले पछि च्यात्दै हिँडेको प्रहरीले जनाएको छ ।