कृष्णबहादुर महरा अस्पताल भर्ना

Newslaya Home

कृष्णबहादुर महरा अस्पताल भर्ना

बिहीबार २३, असोज २०७६

काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ । महरालाई प्रेसरको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।