टी–ट्वान्टी सिरिजमा आज नेपाल र ओमान खेल्दै

Newslaya Home

टी–ट्वान्टी सिरिजमा आज नेपाल र ओमान खेल्दै

बिहीबार २३, असोज २०७६

काठमाण्डौ । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले बिहिबार (आज) ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि तीन खेलमा नेपालले दुईमा जित तथा एकमा हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई पनि चार विकेटले नै पराजित गरेको थियो।

प्रतियोगितामा छ अंक जोडेको ओमान अंक तालिकाको शीर्ष स्थानमा छ भने चार अंक जोडेको नेपाल तेस्रो स्थानमा छ। त्यस्तै चार खेलमा तीन खेल जितेर छ अंक नै बटुलेको आयरल्यान्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्यान्ड्स चौथो तथा हङकङ पाँचौं स्थानमा छ।