इटहरीबाट जुवा खेलिरहेका छ जना पक्राउ

Newslaya Home

इटहरीबाट जुवा खेलिरहेका छ जना पक्राउ

बिहीबार २३, असोज २०७६

काठमाण्डौ । इटहरीमा जुवा खेलिरहेका छ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।

बुधबार राति इटहरी –९ बसपार्कका योगेन्द्र गिरीको घरमा सञ्चालित गेस्ट हाउसबाट प्रहरीले नगदसहित जुवा खेलिरहेकालाई छ जनालाई पक्राउ गरेको हो । जुवा खालबाट तीन लाख ६५ हजार ६६० रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई जुवा ऐन अनुसार आवश्यक अनुसन्धान तथा कारबाही थालिएको प्रहरीले जनाएको छ।