विवाह गर्न नमानेपछि एक युवतीलाई जिउँदै जलाइयो

Newslaya Home

विवाह गर्न नमानेपछि एक युवतीलाई जिउँदै जलाइयो

बिहीबार २३, असोज २०७६

काठमाण्डौ । भारतमा एक युवतीलाई जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । विवाह गर्न नमान्दा १७ वर्षकी युवती देविकालाई उसका नातेदार समेत रहेका २६ वर्षका मिधुनले जिउँदै शरीरमा आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई जिउँदै जलाएर हत्या गरेका मिधुनले आफ्नै शरीरमा पनि आगो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीले जनाएको छ । शरीरमा आगो लागेर घाइते भएका दुवैजनालाई अस्पताल लगिएको उनीहरुको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

देविकालाई बचाउन पुगेका उनका बुवा समेत जलेर घाइते भएका छन् ।