जबरजस्ती करणीको आरोपमा एक जना युवक पक्राउ

Newslaya Home

जबरजस्ती करणीको आरोपमा एक जना युवक पक्राउ

बिहीबार २३, असोज २०७६

झापा । जबरजस्ती करणीको आरोपमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिनका १९ वर्षीय निरज खड्का पक्राउ परेका छन् ।

खड्काले मंगलबार १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।