पानीमा डुबेर दुई बालिकाको मृत्यु

Newslaya Home

पानीमा डुबेर दुई बालिकाको मृत्यु

बिहीबार २३, असोज २०७६

झापा । झापा र इलाममा दुई जना बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । झापाको शिवसताक्षी –१ का नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको प्रहरी कार्यालय झापले जनाएको छ ।

आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिकालाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा बुधवार दिउँसो मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै इलामको माई नगरपालिका–५ रमिते का जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ ।

खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेर जमुना घाइते भएकी थिइन । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।