चिनियाँ राष्ट्रपतिको लागि रातारात सडक टालटुल, बगैंचा पनि बनाइयो

Newslaya Home

चिनियाँ राष्ट्रपतिको लागि रातारात सडक टालटुल, बगैंचा पनि बनाइयो

बिहीबार २३, असोज २०७६

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सि जिङपिङ हिड्ने बाटो टालटुल गरिएको छ भने वरपर बगैंचा बनाइएको छ । एयरपोर्टदेखि सोल्टीमोडसम्म र सोल्टीमोडदेखि द्धारिका होटलसम्मको सडक टालटुल गरिएको हो ।

सरकारले अहिले चिनियाँ राष्ट्रपति सि जिङपिङ हिँड्ने सडक मात्रै सुन्दर बनाएको छ । तीनकुने माइतीघर सडकको बीचको भाग पिच गरेर सून्दर बनाइए पनि सर्भिस लेनका खाल्डाखुल्डी टालेको छैन ।

सडक विभागका कर्मचारीले मन्त्री महासेठलाई सडक चिल्लो सडक मात्रै देखाएका छन्, खाल्डाखुल्डी र धुलै धुलो भएको सर्भिस लेन भने देखाएका छैनन् । विदेशी पाहुनालाई देखाउन केहि सडक मात्रै पिच गरेको तर अरु सडकको बेहाल अवस्था नदेखेको भन्दै नागरिकले सरकारको आलोचना गरेका छन् ।