वडाध्यक्षकी श्रीमती नै अधिकृतसँग सल्केपछि ...

Newslaya Home

वडाध्यक्षकी श्रीमती नै अधिकृतसँग सल्केपछि ...

बिहीबार २३, असोज २०७६

बेलौरी । कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालय अधिकृत भोज ऐडी र वडाध्यक्ष अर्जुन ढकालकी श्रीमती सञ्जु शर्मा यतिखेर प्रहरी हिरासतमा छन् ।

अर्जुनको उजुरीपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । बेलौरी नगरपालिका ४ का वडा अध्यक्ष रहेका अर्जुन ढकालले दिएको उजुरीका आधारमा ऐडी र शर्मा पक्राउ परेका हुन् ।

मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी तथा आफ्नी पत्नी सञ्जु शर्मा ढकाल बिच अबैध सम्बन्ध भएको थाहा पाए पछि उजुरी परेको थियो ।
शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिला सञ्जुका दुई छोरा रहेका छन् ।

नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको बिवाद बढे पछि ऐडीको बैतडी सरुवा भएको थियो ।