मेलाको विषय चर्केपछि दुई टोलवासीबीच झडप, १२ भन्दा बढी घाइते

Newslaya Home

मेलाको विषय चर्केपछि दुई टोलवासीबीच झडप, १२ भन्दा बढी घाइते

बुधबार २२, असोज २०७६

सिरहा । मेलाको विषयमा दुई टोलवासीबीच झगडा हुँदा सिरहा नगरपालिका १२ सारश्वर गाउँका १२ भन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

घाइतेहरू मध्ये अधिकांशको टाउको र हातमा काटिएको छ । जिउमा लठीको डाम देखिएका छन् ।

मैन र नटवा टोलका युवाहरूबीच दुर्गा मेलामा भएको विवाद चर्किएपछि दुई टोलबिच झडप भएको हो । दुई टोलबाट सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झगडा बढ्न नदिन गाउँमा प्रहरी टोली खटाइएको छ ।