पाँचथरमा छुरा प्रहार गरी फुपाजुको हत्या

Newslaya Home

पाँचथरमा छुरा प्रहार गरी फुपाजुको हत्या

बुधबार २२, असोज २०७६

पाँचथर । याङवरक गाउँपालिका–६, नागीमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ ।

बुधबार बिहान २०–२२ वर्षका आइतराज योङहाङको छुरा प्रहारबाट उनकै फुपाजु ताप्लेजुङको सिदिङवा गाउँपालिकाका ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।

मावो ससुराली घरमा घर ज्वाइँ बस्दै आएका थिए । आँगनमा कुराकानीको क्रममा छुरा प्रहार गरिएको बताइएको छ ।

योङहाङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।