गोहीलाई रक्सी खुवाउन खोज्ने व्यक्ति पक्राउ

Newslaya Home

गोहीलाई रक्सी खुवाउन खोज्ने व्यक्ति पक्राउ

बुधबार २२, असोज २०७६

एजेन्सी । गोहीलाई जर्बजस्ती मदिरा खुवाउन खोज्ने दुई व्यक्तिलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।

पाल्म सिटीमा २७ पर्षका टिमोथी केप्की र २२ वर्षका नोआ ओबर्नले गोहीलाई मदिरा पियाउने प्रयास गरेका थिए।

सो क्रममा केप्कीलाई गोहीले टोकेको पनि जनाइएको छ।

अमेरिकामा गोही पाल्नु गैरकानुनी मानिन्छ। उनीहरुकाले कहाँबाट गोही ल्याए भनेर अनुसन्धान भइरहेको छ।

पशु अधिकारकर्मीका अनुसार गोहीलाई मदिरा पियाएर मताउन खोज्नु पशु अधिकारको हनन् हो ।