आयरल्याण्डसंग १३ रनले हार्यो नेपाल

Newslaya Home

आयरल्याण्डसंग १३ रनले हार्यो नेपाल

बुधबार २२, असोज २०७६

काठमाडौं । पाँच देशको सहभागिता ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ ।

नेपालले १९ ओभर पाँच बलमा एक सय ३२ रनमा अलआउट भयाे । एक सय रन बनाउँदा मात्र तीन विकेट गुमाएको नेपालले एक सय १६ रन पुर्‍याउँदा आठ विकेट खेर फालेको थियो ।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र इशान पाण्डे विच २५ रनको साझेदारी भएको थियो । इसान पाण्डे र आरिफ शेखबीच दोस्रो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो ।

तर इशान २२ रनमा आउट भएपछि नेपालले ७३ रनमा दोस्रो विकेट गुमायो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि २५ रन चाहिएको थियो । जसमा करणले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए ।

तर तेस्रो बलमा उनी बाउन्ड्रिमा क्याचआउट हुन पुगे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो ।

दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लिएको थियो ।

अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लु धरापमा पारे ।