बुढीगङ्गामा रावण दहन उत्सब

Newslaya Home

बुढीगङ्गामा रावण दहन उत्सब

- भुमिका पाख्रीन
बुधबार २२, असोज २०७६

बुढिगङ्गा । बुढीगंगा गाउँपालिकाको थानपर्तिमा विजया दशमीका दिन रावण दहन उत्सब कार्यक्रम सम्पन्न भएको छ ।

रावण दहन उत्सब समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई बुढीगङ्गा गाउँपालिका र स्मृति इङलिस बोर्डिङ स्कुलले सहयोग गरेको थियो ।

रावण जस्तो नकारात्मक चरीत्रलाई मारेर सकारात्मक सोचका साथ देश बिकासमा युवाहरु अघि बढ्नु पर्ने सन्देश दिदै सकारात्मक परम्परालाई निरन्तरता दिनको लागि यस कार्यक्रम आयोजना गरिएको रावण दहन उत्सब समितिका अध्यक्ष धर्मेन्द्र ऋषिदेवले बताए ।

यस्ता कार्यक्रमले धार्मिक सहिष्णुता समेत कायम गर्ने स्मृति इङलिस बोर्डिङ स्कुलकि प्रिन्सिपल एवम् समाजसेबी रिता न्यौपानेले बताइन् ।

बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा समाजसेबी, बुद्धिजीवी, राजनीतिकदलका प्रतिनिधि लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • धर्मेन्द्र ऋषिदेवलेख्नुहुन्छ
  • |
  • बुधबार २२, असोज २०७६
Thanks a lot