महराले लगाएनन् टिका, हिरासतमा पढ्छन् र सुत्छन्

Newslaya Home

महराले लगाएनन् टिका, हिरासतमा पढ्छन् र सुत्छन्

बुधबार २२, असोज २०७६

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको दशैं हिरासतमा बितेको छ । हुन त हिरासतमा रहेका धेरैलाई आफन्तले टिका लगाइदिए । तर महराले भने टिका लगाएनन् ।

सचिवालयमै कार्यरत् महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अरोप लागेपछि महरा हिरासतसम्म पुगेका हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकु र मातहतका सिंहदरबारसहित अन्य प्रहरी वृत्त र प्रभागका थुनामा रहेका अधिकांशलाई परिवारका सदस्य आएर टीका लगाइदिए पनि महराले भने टिका लगाउने इच्छा देखाएनन् ।

काठमाडौंँ प्रहरी स्रोतका अनुसार महरालाई भेट्न छोरा राहुन, प्रेस सल्लाहकार डिल्ली मल्ल लगायत भने पुगेका थिए ।

अधिकृतहरुका अनुसार उनले प्रहरी हिरासतमा कहिले किताब पढेर त कहिले सुतेर समय काट्ने गरेका छन् ।