भारतमा फल्यो एउटै बोटमा ५१ जातका आँप

Newslaya Home

भारतमा फल्यो एउटै बोटमा ५१ जातका आँप

बुधबार २२, असोज २०७६

एजेन्सी । तर भारतका एक व्यक्तिले एउटै बोटमा ५१ जातका आँप फलाएका छन् ।

भारतमा आफ्नो गाउँको अवस्था सुधार्ने भन्दै खेती किसानीमा लागेका एक इन्जिनियरले एउटै बोटमा ५१ जातका आँप फलाउन सफल भएका छन् । महाराष्ट्रका रवि मारशेटवारका किसानले ग्राफटिङ अर्थात् कलमी प्रविधिको प्रयोग गरी असम्भव चिजलाई सम्भव बनाएका हुन् । उनले १३ सय पटक अनुसन्धान गरी खेतिपातीको विधि सिक्न ५ सय भन्दा धेरै ठाउँको भ्रमण गरेका थिए ।

महाराष्ट्रका कृषिविज्ञ देवरीकर जसले कलमी प्रविधिको प्रयोग गरी एउटै बोटमा १५ जातका आँप फलाएका थिए । देवीकरबाट प्रविधि सिकेर रविले आँपका विभिन्न जातहरु जम्मा गरेका थिए । केही वर्षको मेहेनतपछि उनले एउटै रुखमा ५१ जातका आँप फलाउन सफल भए । उनी अहिले कलमी विधि सम्बन्धमा किसानलाई प्रशिक्षण समेत दिँदै आएका छन् ।