चितुवाले पिङ खेलिरहेका बालकलाई लछारपछार गर्दै मार्यो

Newslaya Home

चितुवाले पिङ खेलिरहेका बालकलाई लछारपछार गर्दै मार्यो

बुधबार २२, असोज २०७६

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँलाई पिङ खेल्दै गर्दा चितुवाले आक्रमण गरी लछारपछार पारेको हो ।

घाइते बालकको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

भानु नगरपालिकामा यसअघि पनि चितुवाले दुई बालक र दुई बालिकाको ज्यान लिएको थियो ।

चितुवाले फेरि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।