चिनियाँप्रति अमेरिका अझै आक्रामक : चिनियाँ नागरिकको भिसामा प्रतिबन्ध

Newslaya Home

चिनियाँप्रति अमेरिका अझै आक्रामक : चिनियाँ नागरिकको भिसामा प्रतिबन्ध

बुधबार २२, असोज २०७६

ऐजेन्सी । अमेरिकाले मंगलबार चिनियाँ नागरिकका भिसामाथि प्रतिबन्ध गरिदिएको छ । २८ चिनियाँ कम्पनीलाई कालो सूचीमा राखेकै भोली पल्ट अर्को ठूलो कदम उठाएको हो ।

अमेरिकाका विदेश मन्‍त्री माइक पोम्पिओले अल्पसंख्यक मुसलमानमाथि रोक्नका लागि गरिएको एक सम्बोधनका क्रममा भनेका छन्, ‘अमेरिका चीनसँग अपिल गर्न चाहन्छ कि चीन शिन्जियाङ्‍मा भइरहेको दमन तत्काल बन्द गरोस् ।’

अमेरिकाले चीन माथि शिन्जियाङ्‍गको पश्चिम क्षेत्रमा उइगर मुस्लिममाथि दमन गरेको आरोप लगाएको छ ।