सानु शेर्पा १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली

Newslaya Home

सानु शेर्पा १४ वटा हिमाल आरोहण गर्ने तेस्रो नेपाली

बुधबार २२, असोज २०७६

संखुवासभा । संखुवासभा मकालुका ४४ वर्षीय सानु शेर्पा १४ हिमाल आरोहण गर्ने तेस्रो नेपाली बनेका छन् । विश्वभरबाट भने उनी ४२ औं आरोही हुन् ।

विश्वभर रहेका ८ हजार माथिका १४ हिमालको आरोहण गरेका उनले यसै साता धौलागिरी हिमालको सफल आरोहण गरी १४ हिमाल सफल आरोहण गर्ने आरोहीको किर्तिमान कायम गरेका हुन् ।

शेर्पाले सन् २००६ मा छ्योयु, २००७ मा सगरमाथा, २००८ मा ल्होत्से, २०१० मा मनास्लु, २०११ सिसापाङमा, २०१२ मा केटु , २०१३ मा गसेरब्रुम–१, २०१४ मा कञ्चनजंगा र ब्रोडपिक, २०१६ मा अन्नपूर्ण, २०१७ मा नाङगापर्वत, २०१९ मा गसेरब्रुम–२, मकालु र धौलागिरीको आरोहण गरेका छन्।

नेपाल सरकारले ८ हजार माथिका १४ वटा हिमाल नेपालमै भएको दाबी गर्दै आएको छ । तर ६ वटा हिमाललाई अन्तराष्ट्रिय पर्वतारोहण संघ (युआइएए) ले मान्यता दिएको छैन । नेपालका ८ र बाँकी पाकिस्तान र चीनका गरी १४ वटा हिमाललाई मात्र ८ हजार माथिको मानिँदै आएको छ।