पूर्वराजाको क्रेज बढ्दै, टीका थाप्न कर्मचारी, प्रहरीदेखि युवाहरु पनि पुगे

Newslaya Home

पूर्वराजाको क्रेज बढ्दै, टीका थाप्न कर्मचारी, प्रहरीदेखि युवाहरु पनि पुगे

मङ्गलबार २१, असोज २०७६

काठमाडौँ । राजसंस्था सकिएपनि राजसंस्थाका समर्थकहरु अझै पनि नेपालमा छन् । हिन्दुहरुको महान चार्ड बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिँदा समर्थकहरुको भीड देखिएको छ ।्

मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिँदा वृद्धदेखि युवाहरुसम्मले टिका लगाएका छन् ।

अपराह्न चार बजेबाट टीका लगाउने कार्यक्रम सुरु भएको थियो ।

पूर्व राजाबाट टीका थाप्न सर्वसाधारणका साथै राष्ट्रसेवक प्रहरी तथा कर्मचारीहरु समेत निर्मल निवास पुगेका थिए ।