१० पटक शून्य रनमा आउट भएर खराब कीर्तिमान

Newslaya Home

१० पटक शून्य रनमा आउट भएर खराब कीर्तिमान

मङ्गलबार २१, असोज २०७६

एजेन्सी । पाकिस्तानका व्याट्सम्यान उमर अकमलले टी–ट्वान्टी क्रिकेटमा १० पटक शून्य रनमा आउट हुने पहिलो व्याट्सम्यानको रेकर्ड बनाएका छन् ।

सेप्टेम्बर ५ र ७ मा भएको श्रीलंकाविरुद्धको तीन खेलको टी–२० सिरिजमा अकमल लगातार दुई पटक शून्यमा आउट भएपछि उनले यो खराब रेकर्ड बनाएका हुन्।

यसअघि सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने रेकर्ड पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदिको नाममा रहेको थियो। अफ्रिदी ८ पटक शून्य रनमा आउट भएका थिए।

उनले खेलेका कुल ८३ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनी १० पटक कुनै पनि रन नजोडिकनै आउट भएका हुन्।

उनले घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्न नसकेको र फिल्डिङ पनि खराब रहेको भन्दै उनलाई टीममा बोलाउने निर्णयको आलोचना गरिएको छ ।