‘महरामाथि षड्यन्त्र !’

Newslaya Home

‘महरामाथि षड्यन्त्र !’

मङ्गलबार २१, असोज २०७६

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि गम्भीर षड्यन्त्र भएको नेपाल कम्युनिष्ट पार्टीका केही नेताहरुले निष्कर्ष निकालेका छन् । महरा निकटस्थ केही नेताहरुले बैठक बसी यस्तो निष्कर्ष निकालेका हुन् ।

महरामाथिको आरोप, राजीनामा र पक्राउका घटनालाई गम्भीरतापूर्वक लिएको भन्दै त्यसबारे पार्टीको शिर्ष तहमा आफ्नो धारणा राख्ने महरा निकटस्थ एक नेताले बताए । उनले भने, षड्यन्त्रका लागि कसैलाई तयार गरिएको आशंका छ ।

१२ असोजमा तीनकुनेस्थित रोशनी शाहीको कोठामा पुगी महराले जर्बजस्ती गरेको अभियोग छ । रोशनीले उजुरी दिएसँगै महरा पक्राउ परेका छन् ।