गोर्खाल्याण्ड नहुँदा दार्जिलिङमा दशैं सधैं खल्लो

Newslaya Home

गोर्खाल्याण्ड नहुँदा दार्जिलिङमा दशैं सधैं खल्लो

मङ्गलबार २१, असोज २०७६

झापा । दार्जीलिङमा पनि विजया दशमी भव्य रुपमा मनाइँदै छ । दार्जीलिङ पहाड, मिरिक, कालेबुङ, खर्साङ लगायतका ठाउँमा विजया दशमीका अवसरमा विशेष पूजाको आयोजना गरिएको छ ।

दार्जीलिङकै मुख्य व्यापारीक केन्द्र सिलगढीमा पनि दुर्गा पूजाको आयोजना गरिएको छ। बंगालमा दसैंलाई दुर्गा पूजा भनेर मनाइँने गरिन्छ।

सिलगढीमा यस वर्ष पनि हजारौं श्रद्धालुले सोमबार साँझ दुर्गा पूजा गरेका छन्। सिलगढी तथा अन्य स्थानमा आयोजित पूजामा दर्शनार्थीहरुको भीड लागेको छ ।

गोर्खाल्याण्ड आन्दोलनले दसैं खल्लो हुन्थ्यो, तर यस पटक पहाडमा पनि आन्दोलन छैन, चिया मजदूरहरु आन्दोलित भए पनि समग्रमा दसैं उल्लासमय नै रहेको बताइएको छ ।

त्यसो त गोर्खाल्याण्ड राज्य प्राप्ति नभएसम्म कुनै दसैं पूर्ण नहुने स्थानियहरु बताउँछन् ।