अन्तीम ओभरमा करणको दुई छक्कासँगै टि ट्वान्टी क्रिकेटमा नेपालको जित

Newslaya Home

अन्तीम ओभरमा करणको दुई छक्कासँगै टि ट्वान्टी क्रिकेटमा नेपालको जित

सोमबार २०, असोज २०७६

काठमाडौं । करण केसीको गतिलो प्रदर्शनपछि टि ट्वान्टीमा नेपालले नेदरल्यान्ड्माथि ४ विकेटको जित हात पारेको छ ।

ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा १ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ६ विकेट गुमाउँदै महत्वपुर्ण जित निकालेको हो ।

विस्फोटिक ब्याटिङ गरेका करणले १४ बलमा तीन छक्का र १ चौकाको मद्दतमा अविजित ३१ रन बनाए । कप्तान पारस खड्काले टोलीका लागि सर्वाधिक ३३ रन बनाउँदा अघिल्लो दिन अर्धशतक पुरा गरेका विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रनको आवश्यकता थियो । जहाँ करणले उत्कृष्ठ प्रदर्शन गरे । सोमपाल कामीको साथमा उनले दुई छक्का र एउटा चौकाको मद्धतले शानदार जित दिलाए ।

कप्तान पारस खड्काले टोलीका लागि ३३ रन जोडे । पारस आउट हुँदा नेपाल ७४/४ को अवस्थामा थियो । त्यस पछि आएका रोहित कुमार पौडेल ५ रनमा आउट भए । अघिल्लो दिन अर्धशतक बनाएका विनोद भण्डारी २६ रन जोडेर आउट भए ।

त्यसअघि नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको लागि निम्तो दिएको थियो । नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । टोलीका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानले ४ विकेट लिए ।

ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । यस अघि आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।