छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा र दाईसँग फरार

Newslaya Home

छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा र दाईसँग फरार

सोमबार २०, असोज २०७६

राजविराज । सप्तरीमा छोराको कुटपिटबाट बुवाको ज्यान गएको छ । महादेवा १ पकरीका २३ वर्षीय नइम पमरियाले ६२ वर्षीया बुवा मो. गफुर पमरियाको हत्या गरेका हुन् ।

नइमका साथ आमा ५० वर्षीया जमुनी खातुन पनि फरार भएकी छन् ।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले राति झगडा गरी बुवालाई कुटपिट गरेका थिए । झगडालु स्वभावका नइमकै कारण उनकी श्रीमती लेल्ही खातुन एक साता अघिदेखि माइत बस्दै आएका छन् ।

कुटपिटबाट गम्भीर घाइते अवस्थामा गफुरलाई अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि भागेका मृतकका जेठा छोरा २५ वर्षीय मो. हकिम पमरियालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा पुरै परिवारको संलग्नता रहेको आशंका गरिएको छ ।