इटहरीका सडक बालबालिकालाई दशैंको भोज र लुगा

Newslaya Home

इटहरीका सडक बालबालिकालाई दशैंको भोज र लुगा

सोमबार २०, असोज २०७६

इटहरी । किवानिज इन्टरनेश्नल इटहरीले सडक बालबालिकाहरूसंग दशैं मनाएको छ । ४५ जना सडक बालबालिकाहरू र असहायलाई सामुहिक खाना खुवाएर दशैं मनाइएको हो । सो क्रममा टिका, दक्षिणा र नयाँ लुगासमेत दिइएको थियो ।

सडकमा भौतारीएर बसेका बालकहरूप्रति सरकारको ध्यानाकर्षण गराउन सामुहिक दशै मनाएको कार्यक्रम संयोजक मनिता तामाङले बताइन् ।

उनिहरूले दशैका लागि विभिन्न परिकारहरू बनाएर सडक बालबालिकाहरू र असहायसंगै बसेर खाएका थिए । किवानिज इन्टरनेश्नलका अध्यक्ष कैलाश बिस्टको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा इटहरीका बुद्धिजीवी, पत्रकार र स्थानीयहरूको पनि उपस्थिति थियो ।

1 प्रतिकृयाहरू प्राप्त
  • दिपीका श्रेष्ठलेख्नुहुन्छ
  • |
  • बिहीबार २३, असोज २०७६
मेरो बाबा अस्ति असारमा हूम्ला जीप दुर्घटनामा परेर बेपत्ता हुनुभएको थियो। यहाँ हरूले पोष्ट गर्नुभएको फोटोको पहिलो व्यक्ति मेरो बाबा जस्तै देखिनुहुन्छ। plzz एकचोटी बुझिदिनुस्न।।🙏🙏😓😓