चाख्नुभएको छ अरिंगालको परिकार ?

Newslaya Home

चाख्नुभएको छ अरिंगालको परिकार ?

सोमबार २०, असोज २०७६

म्याग्दी । अरिङ्गाल भन्ने बित्तिकै टोक्ने, चिल्ने सानो मौरीजस्तै जीव भनेर चिन्छौं । अरिंगाल खानको लागि पनि प्रयोग हुन्छ ले आफ्नो गोला लगाउने गर्दछ । मानिसहरु त्यही अरिङ्गालको गोला झारेर किरा खान्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

सामुदायिक वन जङ्गलमा पाइने अरिङ्गालको गोला पोलेर मानिसहरुले शहर बजारका होटलमा किरा बिक्रीका लागि ल्याउने गरेका छन् । पछिल्लो समय म्याग्दीको सदरमुकाम बेनीमा अरिङ्गालको व्यापारले तीव्रता पाएको छ ।

यस्ता अरिंगाल गाउँबाट युवाहरुले मानाको एक हजार पाँच सय रुपैयाँदेखि १८ सय रुपैयाँसम्ममा बेच्छन् । बेनीका होटलहरुले किन्छन् र मसला मिसाई फ्राई गरेर प्रति प्लेट ६ सय रुपैयाँसम्ममा बेच्छन् । अरिङ्गालका पारखीहरु अरिङ्गाल खान भन्दै खोजीखोजी आउँछन् ।

खासगरी विदेश जानेहरु, विदेशबाट फर्किएका र शहर बजारमा बस्नेहरुले रुचाउँछन् । बेनीकी होटल सञ्चालिका सृजना भट्टचनका अनुसार अरिङ्गालको परिकार खाँदा मिठो हुने मात्रै होइन, यो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । अरिङ्गालको किरा तेल वा घ्युमा भुटेर खाएमा युरिक एसिड बढेको, प्रेसर–लो हुने, कब्जियत परेको, मेरुदण्ड दुख्ने र हातखुट्टा सुन्निने तथा चिसोका कारणबाट लागेको रोगहरु निको हुने जानकारहरु बताउँछन् ।