निसान पुजा र कोतपुजा गर्दै महानवमी मनाइदै

Newslaya Home

निसान पुजा र कोतपुजा गर्दै महानवमी मनाइदै

सोमबार २०, असोज २०७६

काठमाडौं । आज देशभर हिन्दुको विशेष पर्व दसैंको महानवमी मनाइदैछ । विशेष पुजा अर्चनाका साथ महानवमी मनाउन थालिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा नवमी अर्थात् नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ।

प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ।

सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ।

बिहीबार बिहानैदेखि नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ।

आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ।