अन्ततः पक्राउ परे निर्वतमान सभामुख महरा

Newslaya Home

अन्ततः पक्राउ परे निर्वतमान सभामुख महरा

आइतबार १९, असोज २०७६

काठमाडौं । बलात्कार आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिए लगत्तै महरालाईपक्राउ गरेको हो । महरा निवासमा बाक्लो उपस्थिति जनाउँदै प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

अब प्रहरीले महराविरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउने छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन् ।