मलेसियामा इलामका एक युवकको मृत्यु

Newslaya Home

मलेसियामा इलामका एक युवकको मृत्यु

आइतबार १९, असोज २०७६

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ईलामका ढोलबहादुर नेपालीको ह्यदयघातको कारण मृत्यु भएको छ ।

मलेसियाको सुगाइलोङमा अबैधानिक हैसियतमा कार्यरत उनको काम गर्दै गरेको अबस्थामा ह्यदयघात भएको र उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको उनका साथी चन्द्र सुनारले जानकारी दिए । उनको स्थानीय पुत्रा अस्पतालमा मृत्यु भएको र शब सोही अस्पतालमा राखिएको छ ।

नेपालीको इलाम घर भनिए पनी इलाम कुन ठाउँ भन्ने खुलेको छैन । केही समय अघि देखि उनी अबैधानिक रुपमा सेक्युरेटीमा काम गर्दै आएका थिए । अबैधानिक हैसियतमा रहेकाले उनको शब नेपाल ल्याउन समस्या हुनसक्ने उनका साथीले बताएका छन् ।