महरालाई पक्राउ गर्न अदालतको आदेश

Newslaya Home

महरालाई पक्राउ गर्न अदालतको आदेश

आइतबार १९, असोज २०७६

काठमाडौं । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अदालतबाट पक्राउ पूर्जी जारी गर्नका लागि कानुनी प्रक्रिया पूरा भएको बताएका थिए । पक्राउ पूर्जी लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको अभियोगसहित प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।