सलमानको शो ‘बिगबोस’ माथि प्रतिबन्ध लगाउन दर्शकको माग

Newslaya Home

सलमानको शो ‘बिगबोस’ माथि प्रतिबन्ध लगाउन दर्शकको माग

आइतबार १९, असोज २०७६

मुम्बई । सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’माथि प्रतिबन्ध लगाउन दर्शकहरुले माग गरेका छन् ।

बलिउड सुपरस्टार सलमान खान होस्ट रहेको शो बिगबोसविरुद्ध सोसल मिडियामा अभियान नै सुरु भएको छ । ट्वीटरमा ह्यास टयाग ट्रेन्डिङ भइरहेको छ । #जेहादी–बिगबोस र ##BoycottBigBoss ह्यास ट्याग्स् चलाइरहेका छन् ।

केही दर्शकले प्रधानमन्त्री नरेन्द्र मोदी र सूचना तथा प्रसारण मन्त्रीलाई मेन्सन गरेर बिगबोसमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

बिगबोसका प्रतिस्पर्धीहरु अचम्म–अचम्मका व्यवहार देखाउँछन् । बिगबोसको घरभित्रैबाट निकै कलाकारहरुको प्रेमकहानी सुरु भएको छ । अहिले त बिगबोसको घरमा प्रतियोगी युवा र युवती एउटै ओछ्यानमा सुतेको देखिन आएको छ । यसैको विरोधमा प्रतियोगीहरुमाथि दर्शक भड्किएका हुन् ।

भारतीय टेलिभिजन कलर्समा प्रसारित कार्यक्रम बिगबोसमा यो सिजनका लागि १३ प्रतिस्पर्धी चयन गरिएको छ ।

बिगबोसको समय पनि परिवर्तन गरिएको छ । भारतीय समय अनुसार १०ः३० बजे प्रसारण गरिन्छ । कार्यक्रम उत्पादकले समय हेरफेरसँगै अझै बोल्ड र सनसनीपूर्ण बनाएका छन् ।