७ सन्तान छाडेर देवर भाउजु भागे

Newslaya Home

७ सन्तान छाडेर देवर भाउजु भागे

आइतबार १९, असोज २०७६

भारतको बिहारमा आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् ।

परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए । सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए ।

सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । गत मार्चमा पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् ।